चीनमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५३ पुग्यो, ६२ घाइते

चीनमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ५३ पुग्यो, ६२ घाइते

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चीनको सिजाङ स्वायत्त क्षेत्रको सिगाजे शहरको डिङ्ग्री काउन्टीमा मङ्गलवार बिहान स्थानीय समयानुसार मङ्गलबार बिहान ९ बजेर ५ मिनेटमा गएको भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ५३ पुगेको छ।

आज बिहान गएको ६.८ म्याग्नीच्युडको भूकम्पमा ५३ जनाको मृत्यु भएको सिन्हवाले जानकारी दिएको छ। क्षेत्रीय प्रकोप राहत मुख्यालयलाई उदृधत गर्दै ६२ जना घाइते भएको जनाएको छ। केन्द्रबिन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्वी देशान्तरमा रहेको समाचारमा उल्लेख छ। 

१० किलोमिटर गहिराइमा भूकम्प गएको चाइना अर्थक्वेक नेटवर्क सेन्टरले जारी गरेको प्रतिवेदनमा उल्लेख छ। 

भूकम्पको धक्का नेपालसहितका देशहरुमा गरिएको थियो। अहिलेसम्म चीनबाहेक अन्य देशहरूमा मानविय क्षति भएको जानकारी आइसकेको छैन। 

राजधानी काठमाडौँसहित देशभर नै धक्का महसुस गरिएको थियो। तर पूर्वी नेपालका संखुवासभा, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, धनकुटा, खोटाङ्ग, ओखलढुङ्गा, सोलुखुम्बु, पाँचथर, इलाममा भूकम्पको कडा धक्का महसुस भयो। यसको धक्का नेपालसँगै भारत, बंगलादेश र भुटानमा पनि गरिएको थियो।

Recent Comments

No comments to show.