कुलमानसँग ऊर्जा मन्त्रालयले फेरि सोध्यो स्पष्टीकरण

कुलमानसँग ऊर्जा मन्त्रालयले फेरि सोध्यो स्पष्टीकरण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सोमबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नौं बुँदे स्पष्टीकरण सोधेको छ । 

कार्यसम्पादनमाथि प्रश्न उठाएर घिसिङलाई स्पष्टीकरण सोधिएको हो ।

स्पष्टीकरण पत्रमा मन्त्रालयले मागेको विवरण पेस नगरेको, मन्त्रीस्तरिय निर्णयबाट गठित समितिलाई तलब, भत्तालगायतका सुविधाको प्रस्तावमा ‘नोट अफ डिसेन्ट’ जनाएको लगायत कारण देखाइएको छ । गत पुस ४ गते बसेको सञ्चालक समितिको बैठकमा कुलमानले फरक मत दर्ज गरेका थिए । मन्त्रालयका सचिव सचिव सुरेश आचार्यको हस्ताक्षरमा घिसिङलाई स्पष्टीकरण सोधिएको छ।

घिसिङलाई सातदिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ । उक्त स्पष्टीकरणमा चित्त नबुझे कानुनबमोजिम थप प्रक्रिया अगाडि बढाइने व्यहोरा पत्रमा उल्लेख छ।

ऊर्जामन्त्री दीपक खड्का र कार्यकारी निर्देशक घिसिङबीच डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता उठाउने विषयमा मतभेद चलिरहेका बेला नयाँ स्पष्टीकरण प्रकरणले थप विवाद बढ्ने  अवस्था देखिएको छ।

घिसिङमाथि माथिल्लो निकायको निर्देशन र निर्णय पालना नगरेको आरोप छ।  

Recent Comments

No comments to show.