आज कुन विदेशी मुद्राको विनियमदर कति? हेर्नुहोस् सूची

आज कुन विदेशी मुद्राको विनियमदर कति? हेर्नुहोस् सूची

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ। 

आज पनि अमेरिकी डलरले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ। अमेरिकी डलरले उच्च मूल्यको रेकर्ड कायम गरिरहँदा युरो, पाउन्ड, अस्ट्रेलियन डलर, बहराइन र कुवेती दिनारसहित मुद्रा पनि महँगिएका छन्। 

राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ०३ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ६३ पैसा छ। 

हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा थियो। पुस २० गते उच्च मूल्यको रेकर्ड बनाएको अमेरिकी डलर आज फेरि अहिलेसम्मकै महँगो बनेको हो। 

त्यसैगरी आज युरो एकको खरिदर एक सय ४२ रुपैया ६८ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ३१ पैसा छ। हिजो युरो एकको खरिदर एक सय ४१ रुपैया १७ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ७९ पैसा थियो। 

त्यस्तै आजको लागि पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७१ रुपैयाँ  ७८ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५३ पैसा छ। हिजो पाउन्ड स्ट्रर्लिङ एकको खरिदर एक सय ७० रुपैयाँ  १० र बिक्रीदर एक सय ७० रुपैयाँ ८५ पैसा थियो। 

आजको लागि अस्ट्रेलियन डलर एकको खरिदर ८८ रुपैयाँ ०८ र बिक्रीदर ८६ रुपैयाँ ४५ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपैयाँ ०९ र बिक्रीदर ८५ रुपैयाँ ४७ पैसा थियो। 

त्यसैगरी आजको लागि कुवेती दिनार एकको खरिददर चार सय ४४ रुपैयाँ ५९ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ५४ पैसा छ। हिजो कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ७५ पैसा  थियो। 

त्यसैगरी बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ ५० पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ ०९ पैसा छ। हिजो बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ २४ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ८३ पैसा थियो। 

हेर्नुहोस् सबै विदेशी मुद्राको सूची

Recent Comments

No comments to show.