नेप्सेमा छलाङ, एकैदिनमा ४९ अंकले वृद्धि

नेप्सेमा छलाङ, एकैदिनमा ४९ अंकले वृद्धि

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारले झण्डै हाफ सेञ्चुरीको छलाङ मारेको छ । गत बुधबारदेखि दैनिक ५ अंकले बढ्दै आएको नेप्से आज एकैदिन ४९ अंकले बढेको हो ।

सोमबार नेप्से परिसूचक ४९.१२ अंकले बढेर २५६४०.६८ बिन्दुमा पुगेको छ । आज सूचकसँगै कारोबार रकम पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम डेढ अर्बले बढेर ६ अर्ब ३० करोड रुपैयाँ पुगेको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक बढेको छ । हाइड्रोपावर समूहको परिसूचक सर्वाधिक ३.५५ प्रतिशतले बढेको छ । त्यस्तै, होटल र लगानी समूहको परिसूचक पनि ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको २९ करोड ९ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, साहस ऊर्जाको पावरको १३ करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये २२६ कम्पनीको सेयर मूल्य बढेको छ भने २१ कम्पनीको मात्रै मूल्य घटेको छ ।

बढ्दो बजारमा आत्मनिर्भर लघुवित्तको सेयर मूलयमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यस्तै, सुपर मादी हाइड्रोपावर ९.७० प्रतिशत, साहस ऊर्जा, मायाखोला हाइड्रोपावर, सप्तकोशी विकास बैंक र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Recent Comments

No comments to show.