चितवनमा भव्यताका साथ ‘ मेरो पहिलो रक्तदान ’ कार्यक्रम सम्पन्न

चितवनमा भव्यताका साथ ‘ मेरो पहिलो रक्तदान ’ कार्यक्रम सम्पन्न

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन । चितवनको भरतपुर अस्पताल परिसरमा ‘ मेरो पहिलो रक्तदान ’  कार्यक्रम सम्पन्न भएको छ । मिसन रेड अभियानको आयोजनामा जनस्वास्थ्य कार्यालय चितवनको सह – आयोजना र भरतपुर अस्पतालको सहकार्यमा यो कार्यक्रम सम्पन्न भएको हो । यस अभियान अन्तर्गत १७ जनाले पहिलोपटक रक्तदान गरेका छन् । सबै रक्तदाताहरुबाट कुल ४२ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ ।

युवाहरुलाई रक्तदानमा प्रेरित गर्नुका साथै विभिन्न संघ / संस्थाहरुलाई यस्ता कार्यक्रम आयोजना गर्न उत्साहित गराउने उद्देश्य सहित यो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । देशभर देखिएको चरम रक्त अभाव समाधान गर्न उद्देश्यका साथ एस.डि फाउन्डेसनले ब्लड डोनर्स सोसाइटी नेपालको सहकार्यमा शुरु गरेको मिसन रेड अभियानले कार्यक्रम आयोजना गरेको हो । 

यस्तै, कार्यक्रमको उद्घाटन ब्लड ब्याग हस्तान्तरण गरेर गरिएको थियो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल, पूर्व सामाजिक विकास मन्त्री विजय सुवेदी, भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्ण प्रसाद पौडेल, जनस्वास्थ्य प्रशासक दिनेश रुपाखेती, नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरि प्रसाद पौडेललगायतले रक्तदानको महत्त्वबारे प्रकास पारे ।

जनस्वास्थ्य कार्यालय, भरतपुर अस्पताल, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी, चितवन उद्योग संघ, भरतपुर महानगर स्काउट, लियो क्लब, जेसिआई, सरल नेपाल, उत्सव मेडिकल सप्लायर्स, किलियर भिजन अप्टिकल हाउस जस्ता संघ / संस्थाहरुको उपस्थिति कार्यक्रमलाई जीवन्त बनाएको थियो । उक्त कार्यक्रमको अध्यक्षता मिसन रेड अभियानका संयोजक अर्जुन अधिकारीले गरेका थिए । यस अभियानले रक्तदान नगरेका युवाहरुलाई उत्प्रेरित गर्दै समाजमा सकारात्मक सन्देश पुर्‍याएको सहभागीहरुले बताएका छन् ।

Recent Comments

No comments to show.