माओवादीले फागुन १ देखि एक महिने जागरण अभियान चलाउने

माओवादीले फागुन १ देखि एक महिने जागरण अभियान चलाउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले फागुन १ गतेदेखि एक महिना तराई/मधेस जागरण अभियान चलाउने भएको छ।

आइतबार बसेको केन्द्रिय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले एक महिने तराई/मधेस जागरण अभियान चलाउने जानकारी दिएका हुन्।

बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले हुलाकी राजमार्गलाई आधारित बनाएर अभियान सञ्चालन गर्ने र अर्को एक महिना पूर्व-पश्चिम राजमार्गलाई आधारित बनाएर गर्ने प्रश्ताव राखेको जानकारी दिए।

साथै, उपत्यका विशेष अभियान चलाउने पनि उनले बताए। केन्द्रिय कमिटी बैठकमा पार्टी एकता र वृहत वामपन्थी एकीकरणका लागि समाजवादी मोर्चालाई सक्रिय बनाउने, वैज्ञानिक समाजवादलाई मान्नेहरुसित एकताका लागि पहल गर्ने प्रश्ताव आएको पनि उनले जानकारी दिए।

उनले भने ‘पार्टी एकता र वृहत वामपन्थी एकीकरणको सवालमा अब अहिले मोर्चा छ, त्यो मोर्चालाई सक्रिय गराउने कुरा त भइहाल्यो। त्यसका साथसाथै वैज्ञानिक समाजवादलाई मान्नेहरुसित एकताका लागि पहल गर्ने। नेकपा विप्लव, नेकपा बहुमत, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेपाल आम पार्टीसँग पनि एकताका लागि पहल गर्ने कुरा भएको छ। महिला दलित, मुस्लिमलाई विशेषअधिकार दिने कुरा त पहिला पनि गरेका थियौँ। महिलाको अधिकार पनि ३३ बाट बढाएर ३३ बाट ५० पुर्‍याउन पहल गर्ने।’

बैठकमा माओवादी केन्द्रका प्रदेश अध्यक्षहरुले पार्टी प्रवेशको लहर चलेको दाबी गरेका थिए। खबरदारी सभा देशव्यापी रुपमा प्रभावकारी रुवमा चलेको जानकारी प्रदेश अध्यक्षहरुले बैठकमा दिएका छन्।

Recent Comments

No comments to show.