स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: को-को हुन् ३९ प्रतिवादी, के छ २१३ पेज लामो अभियोगपत्रमा [पूर्णपाठ]

स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरण: को-को हुन् ३९ प्रतिवादी, के छ २१३ पेज लामो अभियोगपत्रमा [पूर्णपाठ]

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।

आइतबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित  ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो। 

सहकारी ठगीको बिगो रकम एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो कायम गरिएको छ। रवि लामिछाने र जिबी राई विरुद्ध मात्र पाँच करोड आठ लाख रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ।

प्रतिवादी बनाइएकामध्ये कमल लामा र सुनिता नेवा काठमाडौं प्रहरी परिसरको हिरासतमा छन्। त्यस्तै कुमार रम्तेल, छविलाल जोशी र रवि लामिछाने कास्की प्रहरीको हिरासतमा छन्।   

बाँकीलाई फरार सूचिमा राखेर कार्यालयले मुद्दा दर्ता गरेको हो। 

 गितेन्द्रबाबु (जिबी) राई, देवेन्द्रबाबु राई, ईरान लामा, कविता तामाङ, हेमन्त अधिकारी, रबिना रिमाल, दीपक लामा, सविना आलेमगर, भक्तबहादुर भोलन, प्रदिप लामा, सविता लामा, गणेशराज श्रेष्ठ, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, नविन अछामी, कल्पनाकुमारी श्रेष्ठ, विशाल तामाङ, अनन्त बाबु राई, खिमानन्द कँडेल, श्रीवल्लभ नेपाल, गोकुल श्रेष्ठ, भगवती बम्जन, देवकुमार तामाङ, शिवप्रसाद पौडेल, विरबहादुर रानाभाट, पुष्पराज पौडेल, किरण पुडासाई, कल्याणकुमार घिमिरे, कृष्णबहादुर पोखरेल, जनक भट्टराई, मुखियाकान्छा गुरुङ, भुपेन्द्र राई, राजु बराल र असरफ अली सिद्धिकी फरार छन्। 

पूर्णपाठः 

Recent Comments

No comments to show.