गगनको गर्जन– कसले भन्यो कांग्रेस डुब्छ भनेर, हामी बचाउँछौ

गगनको गर्जन– कसले भन्यो कांग्रेस डुब्छ भनेर, हामी बचाउँछौ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की ।  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली काङ्ग्रेस डुब्छ भन्ने हल्ला मात्र भएको बताएका छन्। 

शनिबार पोखरामा आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले बेला बेलामा पार्टीका नेताले अधिवेशन नै नहुने खतरा, पार्टी नै डुब्ने खतरा भनेर चर्चा गर्नुको अर्थ नभएको बताए।

‘पञ्चायतको प्रतिबन्धित कालमा समेत पार्टी सञ्चालन गरेर आएका हामी अहिले यस्तो आनन्दको अवस्थामा छौं। बेला बेलामा पार्टीको नेताले भनेको सुनिन्छ, अधिवेशन नै नहुने खतरा छ, पार्टी नै डुब्ने खतरा छ। कहाँबाट कसले डुबाउछ पार्टी, त्यसै डुब्छ पार्टी छैनौं,’ उनले भने, ‘जो जो नेताले मञ्चमा आएर अधिवेशनको बारेमा धेरै कुरा गर्नुहुन्छ उही नेताको निर्वाचन क्षेत्रमा के भइरहेको छ भन्ने कुरा सार्वजनिक गरिदिनसक्छु।’

महामन्त्री थापाले नयाँ पार्टी र स्टन्डबाजहरूले गाली गरेको भरमा सबैजना  अल्मलिएको भन्दै अब अल्मलिन नहुने बताए। 

‘पार्टीको काँधमा यति ठूलो जिम्मेवारी छ। एउटा नयाँ आयो आयो भनेजस्तो स्टन्डबाजहरू आएका छन्, हल्ला गरेका छन्। तपाईंहामी सबैलाई गाली गरेका छन्,’ उनले भने, ‘आन्दोलन र त्यसको डिफेन्स गरेका छन्। हामी सबै जना अल्मलिएका छौं। अब अल्मलिनु हुँदैन।’

चैत्र महिनाभित्र नवीकरण नहुने क्रियाशील सदस्यको अब नवीकरण नहुने पनि उनले उल्लेख गरे। 

‘चैत्र महिनाभित्र नवीकरण नगर्ने काम सक्नुपर्ने छ । त्यसको शूल्क २ सय हो। चैत्र महिनाभित्र नवीकरण नहुने क्रियाशील सदस्यको अब नवीकरण हुँदैन,’ महामन्त्री थापले भने, ‘यो क्यालेन्डर हो, जुन जिल्लाले दिइएको समयभित्र क्षेत्रलाई क्रियाशील दिएन भने जिल्लाले दिएको त्यो क्रियाशील फार्मको नम्बर माथि फ्रिज गरिदिन्छौ । क्षेत्रले तलको तहलाई दिएन भने क्षेत्रको फ्रिज गरिदिन्छौं र तल पठाउँछौं।’

Recent Comments

No comments to show.