काठमाडौँ । पत्रकार श्यामसुन्दर पुडासैनी निधन भएको छ । गएराति चाबहिलको हेल्पिङ्ग ह्याण्ड सामुदायिक अस्पतालमा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
हृदयाघातको लक्षण देखिएपछि उनलाई अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याएको केही समयमै उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रेस चौतारी नेपाल एशोसियट प्रदेश उपाध्यक्षसमेत रहेका पुडासैनी पछिल्लो समय नेपाल भ्युज अनलाईन पत्रिकामा कार्यरत थिए ।
पुडासैनी नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ९ को चाँपखेतको स्थायी बासिन्दा हुन । पुडासैनीले नुवाकोटकै पहिलो रेडियो नुवाकोट एफएमबाट पत्रकारिताको सुरूवात गरेका थिए।
प्रतिक्रिया