दुई हजारले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

दुई हजारले बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र नेपाली बजारमा माग बढेसँगै आज सुन प्रतितोला रु दुई हजार बढेको हो।

बिहीबार प्रतितोला रु एक लाख ५१ हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख ५३ हजार पाँच सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला रु २० बढेको छ। आज नेपाली बजारमा चाँदी प्रतितोला रु एक हजार आठ सय १० मा कारोबार हुनेछ।

Recent Comments

No comments to show.