ऐन निर्माणमा ख्याल नगर्दा विश्वविद्यालय सञ्चालनमा समस्या हुन सक्छ: शिक्षामन्त्री

ऐन निर्माणमा ख्याल नगर्दा विश्वविद्यालय सञ्चालनमा समस्या हुन सक्छ: शिक्षामन्त्री

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधिमन्त्री विद्या भट्टराईले पहिले नै पदाधीकारीकहरुको काम कर्तव्यलाई व्याख्या नगरी ऐन निर्माणमा ध्यान नदिंदा विश्वविद्यालयहरु सञ्चालनमा समस्या देखिएको बताएकी छन्। 

बिहीबार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफलमा उनले पछि देखिने समस्याहरुबारे सचेत हुँदै ऐन नबनाइए आउने दिनमा अप्ठ्यारो हुने पनि बताइन्। 

‘अहिले नै पदाधिकारीकहरुको काम कर्तव्यलाई व्याख्या गर्न सकेनौं भने अहिले निर्माण भइरहेको  विश्वविद्यालयहरु चलाउन आज जुन खालका समस्याहरु देखा पररहेको छ, त्यसको बारेमा हामी सचेत हुँदै यो ऐन नबनाइए भोलि अप्ठ्यारो पर्न सक्छ।’ 

Recent Comments

No comments to show.