विचाराधीन विधेयकलाई आगामी अधिवेशनबाट पारित गर्न सांसदहरूलाई कांग्रेसको अपिल

विचाराधीन विधेयकलाई आगामी अधिवेशनबाट पारित गर्न सांसदहरूलाई कांग्रेसको अपिल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसले संसद्‌मा विचाराधीन विधेयकलाई संसद्को आगामी अधिवेशनबाट पारित गर्ने गरी काम गर्न सांसदहरूलाई अपिल गरेको छ।

बुधबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले आउँदो अधिवेशनमा पारित गर्ने गरी जतिसक्दो चाँडो काम गर्न आफ्नो पार्टीका सांसदलाई आग्रह गरेको कांग्रेस सहमहामन्त्री तथा सांसद जीवन परियारले जानकारी दिए।

बैठकमा समितिमा रहेका विधेयकको अवस्था र ती विधेयक पारित हुन नसक्नुका कारणबारे पार्टीका सांसदहरूसँग छलफल गरिएको थियो।

संसद्‌मा विचाराधीन विधेयकका सन्दर्भमा सङ्घीय संसद्का अर्थ, शिक्षा, कानुन, राज्य व्यवस्था, उद्योग र पूर्वाधार विकास समितिका सांसदसँग छलफल गरिएको थियो।

समितिमा १५ वटा विधेयक विचाराधीन अवस्थामा छन्। प्रमुख सत्तारूढ दुई दल नेकपा (एमाले) र नेपाली कांग्रेस सम्मिलित कार्यदलको पछिल्लो बैठकले सङ्घीय संसद्‌मा विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पारित गराउने गरी काम गर्ने निर्णय गरेको थियो।

Recent Comments

No comments to show.