बिदामा नबस्न कर्मचारीलाई काठमाडौं महानगरको निर्देशन

बिदामा नबस्न कर्मचारीलाई काठमाडौं महानगरको निर्देशन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना कर्मचारीहरूलाई अन्तिम लेखा परीक्षण गर्ने अवाधिभर बिदामा नबस्न निर्देशन दिएको छ ।

महानगरले एक सूचना जारी गर्दै सबै विभागीय प्रमुख, खर्च तथा कार्यक्रममा संलग्न जिम्मेवार कर्मचारीहरू, सबै वडा सचिव (लेखा प्रमुख) र राजस्व हेर्ने कर्मचारीहरूलाई आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण सम्पन्न नहुन्जेल बिदामा नबस्न भनेको हो ।

‘महानगरको आव २०८०/८१ को अन्तिम लेखा परीक्षण गर्ने कार्यको अवधि भर सबै विभागीय प्रमुख र खर्च तथा कार्यक्रममा संलग्न जिम्मेवार कर्मचारीहरू तथा सबै वडा सचिव/लेखा प्रमुख/राजस्व हेर्ने कर्मचारीहरूले आव २०८०/८१को अन्तिम लेखा परीक्षण गर्ने कार्य सम्पन्न नभएसम्मको अवधिमा विदामा नबस्नु र सम्बन्धित अधिकारीले स्वीकृत नगर्न/नगराउनु हुन यसैपत्रबाट जानकारी गराइन्छ,’ महानगरले जारी गरेको सूचनामा भनिएको छ ।

Recent Comments

No comments to show.