नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकम भने घट्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारमा सामान्य वृद्धि भएको छ । अघिल्ला दुई कारोबार दिनमै ५५ अंकले घटेको नेप्से आज ५ अंकले फर्केको हो ।

बुधबार नेप्से परिसूचक ५.१ अंकले बढेर २५८१.६ बिन्दुमा पुगेको छ । आज सूचकमा सुधार आए पनि कारोबार रकममा भने भारी गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्बले घटेर ३ अर्ब ५९ करोड रुपैयाँमा सीमित भएको छ ।

कारोबारमा आएका १३ समूहमध्ये अन्य ८ समूहको सूचक बढेको छ भने ५ को घटेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ३.८७ प्रतिशतले बढेको छ भने बैंकिङ ०.७२ प्रतिशतले घटेको छ ।

आज एनआरएन इन्फ्रास्ट्रक्चरको सर्वाधिक २१ करोड ८२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, जानकी फाइनान्सको ९ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १५० कम्पनीको सेयर मूल्य बढेको छ भने ८८ कम्पनीको मूल्य घटेको छ ।

बढ्दो बजारमा आज त्रिशूली जलविद्युत् कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यस्तै, आत्मनिर्भर लघुवित्त, सुपर मादी हाइड्रोपावर, कर्पोरे डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Recent Comments

No comments to show.