एन्फा यु–१८ युथ लिग : विजेता पुलिसलाई पराजित गर्दै एनआरटी उपविजेता

एन्फा यु–१८ युथ लिग : विजेता पुलिसलाई पराजित गर्दै एनआरटी उपविजेता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर। न्युरोड टिम (एनआरटी) ललित स्मृति एन्फा यु–१८ युथ लिगमा उपविजेता बनेको छ। मंगलबार लिग विजेता नेपाल पुलिस क्बललाई पराजित गर्दै एनआरटीले दोस्रो स्थानमा रहँदै लिग सकेको हो ।  

मंगलबार नै भएको अर्को खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ३–१ ले पराजित गर्दै संकटा क्लबले पनि तेस्रो स्थान पक्का गर्यो ।  

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको लिगको अन्तिम खेलमा पुलिस क्लबलाई २–१ ले पराजित गर्दै एनआरटी दोस्रो स्थान हात पार्न सफल भएको हो। २२ खेलबाट एनआरटीको ४७ अंक रह्यो भने नेपाल पुलिसले ४८ अंक जोड्यो। एनआरटीभन्दा दुई अंक कम जोडेको संकटा तेस्रो भयो।  

थ्रीस्टार क्लब चौथो र मछिन्द्र क्लब पाँचौ भए । 

एनआरटीको जितमा पुकार गोलेले पहिलो हाफको अतिरिक्त समयमा र अजित तामाङले ५४औं मिनेटमा गोल गरे । अग्रता भने पुलिसले कप्तान सुवास बमको गोलबाट नवौं मिनेटमा लिएको थियो ।

Recent Comments

No comments to show.