यती एयरलाइन्सले ल्यायो ट्राभल कार्ड, २५ हजारमा १० वटा टिकट पाइने

यती एयरलाइन्सले ल्यायो ट्राभल कार्ड, २५ हजारमा १० वटा टिकट पाइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यती एयरलाइन्सले ‘यति ट्राभल कार्ड’ प्रयोगमा ल्याएको छ ।

एयरलाइन्सले बारम्बार यात्रा गरिरहने व्यक्तिहरू र कर्पोरेट ग्राहकलाई लक्षित गर्दै उक्त कार्ड सेवा संचालनमा ल्याएको हो ।

एयरलाइन्सका अनुसार ग्राहकले एकपटकमा २५ हजार रुपैयाँ भुक्तानी गरेर कार्ड खरिद गर्न सक्नेछन् । यस कार्डमा ग्राहकले १० वटा टिकट पाउने छन् ।

उक्त टिकट ग्राहकले ४ महिना भित्र प्रयोग गरिसक्नुपर्नेछ । यती एयरलाइन्सले सेवा दिने देशभित्रका जुनसुकै रुटमा उक्त टिकट प्रयोग गर्न पाइने एयरलाइन्सले जनाएको छ ।

एयरलाइन्सका अनुसार उक्त टिकट अरु व्यक्तिलाई हस्तान्तरण गर्न भने पाइने छैन । यो अफर जनवरी २०२५ सम्म मात्रै लागू हुने एयरलाइन्सले जनाएको छ ।

Recent Comments

No comments to show.