आजको राशिफल : कस्तो रहनेछ तपाईंको दिन ?

आजको राशिफल : कस्तो रहनेछ तपाईंको दिन ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौं । २०८१ पुस १६ गते, मंगलवार, ३१ डिसेम्बर २०२४। पाैष शुक्लपक्ष प्रतिपदा तिथि। पूर्वाषाढा नक्षत्र। चन्द्रराशि धनु।

आजको राशिफल

मेष : मुल त्रिकोणमा चन्द्रमा पुगेकाले दिन राम्रो छ। मन प्रशन्न रहनेछ। सामाजिक भन्दा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ। रोगबाट मुक्त हुने योग छ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : दिन सामान्य छ। अष्टम भागमा चन्द्रमा पुगेकाले मन अशान्त हुनसक्छ। हिजो नजिकै भएका साथीले आज विरोध गर्नसक्ने जोखिम छ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। कर्मको स्थानमा शनिदेव भएकाले साना कुरामा विवाद नगर्नु राम्रो हुनेछ।

मिथुन : दिन रमाइलो छ। परिवारमा नयाँनयाँ परिकार खाएर रमाइलो गर्ने अवसर मिल्नेछ। सञ्चित धन खर्च हुनेछ। उचित ठाउँमा लगानी हुँदा मन सन्तुष्ट हुनेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। राज्यको माथिल्लो तहबाट सेवाको अवसर मिल्नेछ।

कर्कट : अढैया शनि भए पनि शुभग्रहको बहुमत रहेको छ। आफ्ना तरिकाले गरेको लगानीबाट घाटा नहुने देखिन्छ। पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ। परिवारमा तपाईंको भन्दा साथीको कुरा बिक्ने हुँदा मन खिन्न हुनेछ। प्रेम सम्वन्ध सुमधुर बन्नेछ। विवहाको कुरा चल्ने योग छ ।

सिंह : दिन राम्रो छ। लगानीका क्षेत्र सबल छन्। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। काम गर्नु अगाडि परिवारसँग सल्लाह गर्नु उचित हुनेछ।

कन्या : दिन सामान्य छ। चन्द्रमा प्रतिकुल भएकाले मनमा असन्तुष्टि पैदा हुनसक्छ। आफूले गरेको कारोबारमा आफैलाई घाटा हुनसक्छ। समकालीन भन्दा आफूभन्दा साना साथीसँग सहकार्य गर्नु फाइदाजनक हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

तुला : बन्धुसँगको कारोबारबाट काम बन्नेछ। ठुलो धन खर्च गर्ने हिम्मत नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशी रमझमले मन आकर्षित गर्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक : दिन राम्रो छ। साथीको साथ मिल्नेछ। राजनीतिक संगठनमा सेवाको अवसर मिल्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट सफलता मिल्नेछ।

धनु : दिन राम्रो छ। मन प्रशन्न हुनेछ। रोगसँग लड्ने क्षमता बढ्नेछ। विपक्षीको आवाजलाई रोक्ने बौद्धिक क्षमता वृद्धि हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारले साथ दिँदा मन शान्त बन्नेछ।

मकर : आफूखुशी खर्च गर्ने बानी कटौती गर्नुपर्ने दिन छ। नजिकैको साथीसँग सल्लाह गरेर अगाडि बढ्दा सहज हुनेछ। स्वदेशको भन्दा विदेशको मोह बढेको देखिन्छ। स्वास्थ्यले साथ दिनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर जुट्नेछ।

कुम्भ : दिन राम्रो छ। मन प्रशन्न बन्नेछ। स्वास्थ्यको ख्याल नगर्दा शारीरिक शक्ति कमजोर बन्नेछ। मध्य साढेसाती दशा भएकाले बिहान उठेर धार्मिक कार्यमा सहभागी बनेमा राम्रो हुनेछ। विपक्षी शान्त भएकाले तपाईंको काम बन्ने योग छ।

मीन : बोल्दा सचेत बन्नुपर्ने समय छ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा सफलता मिल्नेछ। सहकर्मीको साथ र सहयोग मिल्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Recent Comments

No comments to show.