नागार्जुनका मेयर बस्नेत र उनकी श्रीमतीविरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा

नागार्जुनका मेयर बस्नेत र उनकी श्रीमतीविरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।  काठमाडौंको नागार्जुन नगरपालिकाक मेयर मोहन बस्नेतविरूद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ।

आइतबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मेयर बस्नेतसहित तीन जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको हो।

मेयर बस्नेतले गैरकानुनी स्थानीयलाई कम मूल्यमा जग्गा बेच्न लगाई पद्मा मर्चेन्ट कम्पनीलाई फाइदा पुर्‍याएको र त्यसका लागि कम्पनीबाट नगद र विभिन्न रूपमा गैरकानुनी लाभ लिएको पाइएको अख्तियारले जनाएको छ।

मेयर बस्नेत, उनकी श्रीमती उर्मिला बस्नेत र हाउजिङ कम्पनीका सञ्चालक राजुप्रसाद कँडेलविरूद्ध अख्तियारले मुद्दा दायर गरेको हो।

कँडेल जगतगुरू कृपालु प्रतिष्ठान नेपाल नामक संस्थाका अध्यक्ष पनि हुन्। सोही प्रतिष्ठानबाट नागार्जुन नगरपालिकाभित्र मन्दिर निर्माण गर्नका लागि भन्दै मेयर बस्नेतले स्थानीयहरूलाई बजार मूल्यभन्दा सस्तोमा जग्गा लगाएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

मन्दिर निर्माणका लागि भन्दै ४७ करोड ७५ लाख बजारभाउ भएको जग्गालाई उक्त हाउजिङ कम्पनीले २३ करोड २२ लाख २७ हजार रूपैयाँमै हत्याएको आरोपत्रमा उल्लेख छ। यसरी बजारभाउभन्दा २४ करोड ५२ हजार भन्दा बढी कममा हाउजिङ कम्पनीलाई जग्गा उपलब्ध गराएको भेटिएको अख्तियारले जनाएको छ।

यसरी कौडीको भाउमा जग्गा हत्याएबापत हाउजिङका सञ्चालक कँडेलबाट २ करोड  १५ लाख १५ लाख ७३ हजार रूपैयाँ नगद र नागार्जुन नगरपालिकामै रहेको ६ करोड ८२ लाख मूल्य बराबरको जग्गा घुसबापत मेयर बस्नेतले लिएका थिए।

त्यतिमात्रै होइन शंकर होटलमा वैवाहिक भोज २४ लाख ७२ हजार रूपैयाँ खर्च पनि बस्नेतले कँडेललाई तिर्न लगाएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

यसरी नगद विभिन्न प्रक्रियाबाट मेयर बस्नेतले ९ करोड २२ लाख ४६ हजार घुस लिएको र घुस लिने प्रक्रियामा उनलाई श्रीमतीले पनि सहयोग गरेका कारण बस्नेत दम्पत्ती र हाउजिङका सञ्चालक कँडेलविरूद्ध सोही बराबरको बिगो दाबी गरिएको छ।

अख्तियारले मेयर बस्नेत दम्पती र पद्मा कोलोनीका सञ्चालकविरुद्ध समेत १३ करोड १२ लाख बिगो दाबी गरेर सम्पत्ति शुद्धीकरण गरेको आरोप लगाएको छ ।

Recent Comments

No comments to show.