पुस १५ गते साेमवार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पुस १५ गते साेमवार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौं । २०८१ पुस १५ गते, साेमवार, ३० डिसेम्बर २०२४। पाैष कृष्णपक्ष औँसी तिथि। मूल नक्षत्र। चन्द्रराशि धनु।

आजको राशिफल

मेष : मुल त्रिकोणमा चन्द्रमा पुगेकाले दिन राम्रो छ। मन प्रशन्न रहनेछ। सामाजिक भन्दा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ। रोगबाट मुक्त हुने योग छ। रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : दिन सामान्य छ। अष्टम भागमा चन्द्रमा पुगेकाले मन अशान्त हुनसक्छ। हिजो नजिकै भएका साथीले आज विरोध गर्नसक्ने जोखिम छ। निजी शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। कर्मको स्थानमा शनिदेव भएकाले साना कुरामा विवाद नगर्नु राम्रो हुनेछ।

मिथुन : दिन रमाइलो छ। परिवारसँग बसेर नयाँनयाँ परिकार खाएर रमाइलो गर्ने अवसर मिल्नेछ। सञ्चित धन खर्च हुनेछ। उचित ठाउँमा लगानी हुँदा मन सन्तुष्ट हुनेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। राज्यको माथिल्लो तहमा सेवाको अवसर मिल्नेछ।

कर्कट : अढैया शनि भए पनि शुभग्रहको बहुमत छ। लगानीको क्षेत्रमा घाटा नहुने देखिन्छ। पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ। परिवारमा तपाईंको भन्दा साथीको कुरा बिक्ने हुँदा मन खिन्न हुनेछ।

सिंह : दिन राम्रो छ। लगानीका क्षेत्र सबल छन्। शिक्षामा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुने दिन छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। काम गर्नु अगाडि परिवारसँग सल्लाह गर्नु उचित हुनेछ।

कन्या : दिन सामान्य छ। चन्द्रमा प्रतिकुल भएकाले मनमा असन्तुष्टि पैदा हुनसक्छ। आफूले गरेको कारोबारमा आफैलाई घाटा हुनसक्छ। समकालीन भन्दा आफूभन्दा साना साथीसँग सहकार्य गर्नु फाइदाजनक हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

तुला : बन्धुसँगको कारोबारबाट मनोकामना पूरा हुनेछ। ठुलो धन खर्च गर्ने हिम्मत नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। विदेशी रमझमले मन आकर्षित गर्नेछ। विपक्षी शान्त भएकाले तपाईंको काम बन्नेछ।

वृश्चिक : धनलक्ष्मी योग परेकाले आर्थिक लाभ हुनेछ। स्वास्थ्यले साथ दिनेछ। निजी तरिकाले शिक्षा क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा भने खटपटी बढ्नेछ। प्रेम सम्बन्धमा सम्हालिएर अगाडि बढ्नुपर्नेछ।

धनु : चन्द्रमाले आज तपाईंकै राशिमा भ्रमण गरेकाले मन शान्त बन्नेछ। राजनीतिक संगठनले साथ दिनेछन्। राज्यका निकायमा काम गर्दै हुनुहुन्छ भने बढुवा हुनेछ। विपक्षीको आवाज सुन्ने बानीको विकास नहुँदा घाटा हुने जोखिम छ ।

मकर : दिन सामान्य छ। अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ। हरेक काममा बाधा आइलाग्नेछ। सोचेका काममा अवरोध हुँदा मन अशान्त बन्नसक्छ। धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ। मनमा रहेका योजना सार्वजनिक नगर्नु राम्रो हुनेछ।

कुम्भ : दिन सामान्य राम्रो छ। नराम्रो शब्द उच्चारण नगर्नु राम्रो हुनेछ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ।

धार्मिक क्षेत्रका अभियान्तले तपाईंको मनमा प्रभाव पार्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।

मीन : सोचेका काम बन्नेछन्। शिक्षामा ढिलासुस्ती भए पनि दीर्घकालीन सफलता प्राप्त हुनेछ। अप्ठेरो परिस्थितिमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्दा दिन रमाइलोसँग बित्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Recent Comments

No comments to show.