काठमाडौं । लुक्लाबाट काठमाडौं आउँदै गरेको हेलिकप्टरमा चरा ठोक्किएको छ ।
हेलि एभरेष्टको ‘९ एन-एकेजी’ हेलिकप्टरमा बनेपा क्षेत्रमा चरा ठोक्किएपछि साँगामा आकस्मिक अवतरण गराइएको छ ।
६ यात्रु सवार उक्त हेलिकप्टरमा चरा ठोक्किए पनि कुनै मानवीय क्षति भने नभएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । अहिले उक्त हेलिकप्टरको चेक जाँच भइरहेको छ ।
हेलिकोप्टरमा ५ विदेशी यात्रु र पाइलट थिए ।
प्रतिक्रिया