पुस १४ गते आइतबार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पुस १४ गते आइतबार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौं । २०८१ पुस १४ गते, आइतवार, २९ डिसेम्बर २०२४। पाैष कृष्णपक्ष चतुर्दशी तिथि। ज्येष्ठा नक्षत्र। चन्द्रराशि वृश्चिक।

आजको राशिफल

मेष : दिन सामान्य छ। हरेक काममा बाधा र अवरोध हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्नेछ। स्वास्थ्यमा भने सुधार हुने योग छ।

वृष : मनमा खुशी मिल्नेछ। थोरै लगानी गरे पनि फाइदा हुनेछ। स्वास्थ्य क्षेत्रमा गरेको प्रयासबाट लाभ हुनेछ। विपक्षी शान्त बन्नेछन्। अनुत्पादक क्षेत्रमा खर्च नगर्नु राम्रो हुनेछ।

मिथुन : अनुत्पादक क्षेत्रमा खर्च हुँदा मन अशान्त बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। धार्मिक र बौद्धिक साथीले असहयोग गर्नेछन्। लगानी गर्दा सचेत बन्नुपर्नेछ। एकल भन्दा संयुक्त लगानीबाट फाइदा हुनेछ। कृषि क्षेत्रको काममा सफलता मिल्नेछ।

कर्कट : अढैया शनिका कारण मनमा अशान्ति बढ्नेछ। थालेका काममा बाधा हुनेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। धार्मिक क्षेत्रका अभियन्तासँगको भेटले मन शान्त बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु राम्रो हुनेछ।

सिंह : लगानीका क्षेत्रमा ठुलो लगानी गर्ने सोच नबनाएकै राम्रो हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढेमा दैनिकी सहज बन्नेछ। हरेक काममा स्वास्थ्यले साथ दिँदा मन शान्त बन्नेछ।

कन्या : साथीभाइको लहिलहीमा लागेर खर्च गर्ने बानीको कटौती गर्नुपर्नेछ। बन्धुसँगको सहकार्यले फाइदा हुनेछ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

तुला : चन्द्रमा अनुकुल भएकाले दिन सहज बन्नेछ। तपाईंको गला र कलाको प्रशंसा हुनेछ। आम्दानी बढ्नेछ। विपक्षी साथीले साथ दिनेछन्। राजनीतिक क्षेत्रमा सक्रिय भए समाजसेवाको अवसर मिल्नेछ। परिवारमा भने तपाईंको कुरा नबिक्ने जोखिम छ।

वृश्चिक : समय राम्रो छ। साथीभाइले साथ दिनेछन्। दैनिकी सुचारु गर्न हिम्मत गर्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने छ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारको सल्लाहमा गरेको काम सफल बन्नेछ।

धनु : कृषि क्षेत्रको कर्ममा सफलता मिल्नेछ। फलफूल र दूधको व्यापार फस्टाउनेछ। नयाँ योजना बनाउने दिन हो। शिक्षाको क्षेत्रमा गरेको लगानीमा भने ढिलासुस्ती हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

मकर : दिन सामान्य छ। अन्त्य साढेसाती दशा भएकाले साना कुराले मनमा चिन्ता बढ्नेछ। ठुला योजनामा हात नलगाउनु राम्रो हुनेछ। स्वास्थ्यले राम्रो साथ दिएकाले मनमा शान्ति मिल्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : सानो कुराले सताउने छ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। बिहान उठेर पिपलको दर्शन गरेमा मन शान्त बन्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्ने योग छ।

मीन : दिन सामान्य राम्रो छ। १२ औं स्थानमा शनि भएकाले मनमा खटपटी बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। श्रम र मेहनतलाई प्राथमिकतामा राखेर अगाडि बढेमा दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Recent Comments

No comments to show.