भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ। उनको बिहीबार राति निधन भएको हो।

भारतीय सञ्चार माध्यमका अनुसार उनी घरमै बेहोस भएका थिए। सो पश्चात् राति ८:०६ बजे दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एआईआईएमएस) लगिएको थियो।

अस्पतालले जारी गरेको बुलेटिन अनुसार उनलाई आपत्कालीन कक्षमा भर्ना गरिएको थियो। अस्पतालमै राति ९:५१ बजे उनको निधन भएको हो।

उनको निधनमा भारत सरकारले सात दिनको राष्ट्रिय शोक घोषणा गरेको छ। साथै, भोलिका सबै कार्यक्रम रद्द गरिएको छ। डा. मनमोहन सिंहको अन्तिम संस्कार राजकीय सम्मानका साथ गरिनेछ।

कांग्रेस नेता राहुल गान्धी र पार्टी अध्यक्ष मल्लिकार्जुन खड्गे बेलगावीबाट दिल्ली प्रस्थान गरेका छन्। मनमोहन सिंहको निधनप्रति दुःख व्यक्त गर्दै राहुलले लेखेका छन्, ‘मैले मेरो मार्गदर्शक र गुरु गुमाएको छु।’

मनमोहन सिंह दुई पटक भारतको प्रधानमन्त्री बनेका थिए। उनी लामो समयदेखि स्वास्थ्य समस्यासँग जुधिरहेका थिए। यसअघि पनि उनी धेरै पटक अस्पताल भर्ना भएका थिए।

एआईआईएमएसको बाहिर सुरक्षा कडा पारिएको छ। भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डा पनि अस्पताल पुगेका छन्। सञ्चार माध्यमको रिपोर्ट अनुसार प्रधानमन्त्री नरेन्द्र मोदी पनि केहीबेरमा एआईआईएमएस पुग्ने सम्भावना छ।

यसैबीच, कर्नाटकको बेलगावीमा चलिरहेको कांग्रेस कार्यसमिति (सीडब्ल्यूसी) बैठक रद्द गरिएको छ।

Recent Comments

No comments to show.