एमालेको केन्द्रीय कमिटी बैठक पुसको तेस्रो साता

एमालेको केन्द्रीय कमिटी बैठक पुसको तेस्रो साता

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गते काठमाडौंमा बस्ने भएको छ।  

पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीको आठौं बैठक पुसको तेस्रो साता बस्ने निर्णय गरेको हो । 

बैठकमा राजनीतिक प्रतिवेदन, संगठनात्मक कामको जानकारी, विगतमा सचिवालय, स्थायी कमिटी र पोलिटब्युरो बैठकले गरेका निर्णय अनुमोदन लगायत एजेण्डा तय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

सचिवालय बैठकमा देशको राजनीतिक तथा आर्थिक क्षेत्रको समीक्षा गर्दै एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि पछिल्लो पाँच महिनामा अर्थतन्त्रमा सुधार आएको निष्कर्ष निकालेको छ । सरकारको बाह्य सम्बन्धमा सुधार आएको दाबी गर्दै एमालेले आगामी दिनमा सरकारका काममा गति ल्याउनुपर्ने आवश्यकता समेत औल्याएको छ । 

Recent Comments

No comments to show.