नेपाल एयरलाइन्सको आन्तरिक उडान पूर्ण रूपमा बन्द

नेपाल एयरलाइन्सको आन्तरिक उडान पूर्ण रूपमा बन्द

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ ।

निगमको नियमित उडान गर्दै आएको ट्विनअटर जहाजको इन्जिन आवर सकिएपछि आइतबारदेखि आन्तरिकतर्फका सबै गन्तव्यको उडान पूर्ण रूपमा बन्द भएको हो ।

निगमसँग आन्तरिक उडानका लागि दुई वटा ट्विनअटर जहाज छन् । तीमध्ये एउटा जहाज गत जेठदेखि नै ग्राउन्डेड छ । शनिबारसम्म नियमित उडान गर्दै आएको अर्को जहाजको पनि उडान आवर सकिएपछि आइतबारदेखि आन्तरिक उडान ठप्प भएको हो।

अब कहिलेदेखि आन्तरिक उडान हुन्छ भन्ने अनिश्चित छ । अब नयाँ इन्जिन ल्याएर जडान गरेपछि मात्र पुनः नियमित उडान थालिने निगमले जनाएको छ । निगमले नयाँ इन्जिन ल्याउनका लागि ठेक्का लगाइसकेको छ ।

नेपाल एअरलायन्सले दुईवटा ट्विनअटरबाट विभिन्न २० वटा दुर्गम गन्तव्यमा उडाउन गर्दै आएको थियो । निगमले अन्तर्राष्ट्रियतर्फ भने हाल ४ जहाजले उडान गर्दै आएको छ ।

Recent Comments

No comments to show.