रविविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस

रविविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइतबार मुद्दा दायर भएका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध आजदेखि थुनछेक बहस हुने भएको छ। 

आज मुद्दा गोला प्रथामा गएपछि न्यायाधीशको बेन्च तय हुनेछ। बेन्चले सुनुवाइ सकेपछि रविलगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ।

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा कात्तिक २ गते पक्राउ परेका लामिछानेविरुद्ध सरकारी वकिलको कार्यालय कास्कीले २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको दाबीसहित मुद्दा दर्ता गरेको हो। सरकारी वकिलको कार्यालय कास्कीले लामिछाने पत्नी निकिता पौडेलविरुद्ध पनि मुद्दा दायर गरेको छ।

कास्की प्रहरीले लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गरेको थियो। प्रहरीले उनीमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गरेको थियो। सहकारी ठगी मामिलामा प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय कास्कीले आइतबार लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो। लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण, सहकारी ठगी र संगठित अपराधमा मुद्दा दर्ता गरिएको छ।

Recent Comments

No comments to show.