विद्यार्थीलाई ‘ज्याकेट’ वितरण

विद्यार्थीलाई ‘ज्याकेट’ वितरण

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ । रावाबेँसी गाउँपालिका–१ कुभिण्डेस्थित रत्न राज्यलक्ष्मी माध्यमिक विद्यालय र कालिका आधारभूत विद्यालयका ५८  विद्यार्थीलाई लत्ताकपडा वितरण गरिएको छ।

तत्कालीन संविधासभा सदस्य विशाल भट्टराई तथा गैरसरकारी संस्थाका सहयोगमा न्यानाे कपडा  वितरण गरिएको हो। सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई चिसोबाट जोगाउन  ज्याकेट वितरण गरिएको उहाँले जानकारी दिएका छन्।

ती विद्यालयमा आयोजित  कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय सदस्य खगेन्द्र राई, केन्द्रीय सल्लाहकार सदस्य हरि पोखरेल, कोशी प्रदेश उपसचिव देवान राई, प्रदेश सचिवालय सदस्य विणादेवी राई, प्रदेश सदस्य सुनिल राई, एमाले खोटाङका अध्यक्ष देवविक्रम राई, उपाध्यक्ष कुमार आचार्यलगायतले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर माथि उठान सबैले सहयोग गर्नुपर्ने बताए।

Recent Comments

No comments to show.