ककनीमा एक महिने थाङ्का लेखन तालिम सुरु

ककनीमा एक महिने थाङ्का लेखन तालिम सुरु

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ककनी।बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको आयोजनामा थाङ्का लेखन तालिम ककनीमा सुरु भएको छ।

शनिवार ककनीमा आर्थिक वर्ष २०८१/८२ को  कार्यक्रम अन्तर्गतको थाङ्का तालिम पुस ५ गतेदेखि सुरु भएको हो ।

नेपालमा थाङ्का चित्रकलाको संरक्षण र प्रवर्द्धनलाई थप प्रोत्साहन दिनका लागि थाङ्का लेखन तालिम सुरु गरिएको हो। तालिममा थाङ्का चित्रकलामा चासो राख्ने नयाँ तथा पुराना कलाकारलाई प्राचीन कलाको ज्ञान र सीप प्रदान गरिने आयोजक संस्थाले जनाइएको छ ।

प्रशिक्षक छेवाङ ग्याल्चन लामाले सहभागीहरूलाई थाङ्का चित्रकलाका मौलिक शैली, रङ्ग संयोजन, प्रतीकात्मक महत्त्व, र चित्रांकन प्रक्रियाका विविध चरणहरूबारे व्यावहारिक ज्ञान प्रदान गरिने बताए ।

यस्तै समितिका अध्यक्ष अध्यक्ष फुपू छेम्बे शेर्पा (खेन्पो गेशे थुप्तेन जिग्डोल) लेतालिम अवधिभर प्रशिक्षार्थीहरुले चासोकासाथ सिक्नेछ भन्ने विश्वास लिइएको बताए । ‘ज्ञान र सीप सिक्न अल्छी, बहाना बनाएर सिक्न सकिँदैन’, उनले भने, ‘सिक्नका लागि जहिले पनि चासोकासाथ सिक्यो भने चाँडै सिक्ने र जान्नेछ ।’ अध्यक्ष शेर्पाले यो अवसरलाई सही सदुपयोग गरी सीप विकास गरेमा आर्थिक उपार्जनसँगै व्यावसायिकतामा अग्रसर हुन सकिने बताए।

यसअघिका वर्षहरूमा सञ्चालित तालिमहरू सफल र सीप आर्जनमा टेवा पुर्‍याउन सहयोग पुगेकोले यसलाई निरन्तरता दिन समिति अग्रसर भएको अध्यक्ष शेर्पाको भनाइ थियो।

कला संरक्षणको प्रयास

थाङ्का नेपाली कला र संस्कृति मात्र नभएर बौद्ध धर्मको महत्त्वपूर्ण पाटो पनि हो। यसको संरक्षणले सांस्कृतिक पहिचानलाई बलियो बनाउने विश्वास तालिम आयोजकहरूको छ। ‘यो तालिमले विशेष गरी नयाँ पुस्तालाई थाङ्काको मूल मर्म बुझ्न र यसलाई निरन्तरता दिन प्रेरित गर्नेछ,’ तालिम संयोजक लामाले बताए।

सहभागीहरूका लागि अवसर

तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले कलामा रुचि भएको हुनुपर्छ। यो तालिम थाङ्का कलामा चासो राख्नेहरूका लागि सुनौलो अवसर मानिएको छ। यसले नेपालमा थाङ्का चित्रकलाको संरक्षण र प्रवर्द्धनमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

तालिममा इलाम, काभ्रेपलान्चोक, नुवाकोट, गोरखा, बारा, झापा, सिन्धुपाल्चोक लगायतका जिल्लाहरूबाट करिब डेढ दर्जनभन्दा बढीको सहभागी भएका छन् । कार्यक्रममा तालिमका संयोजक रामबाबु सापकोटा, सहप्रशिक्षक सोनाम साङ्मो,समितिका म्हारसाङ तामाङ लगायतको उपस्थिति रहेको थियो ।

Recent Comments

No comments to show.