काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान र प्यारापिट निर्माण गर्न टेण्डर आह्वान भएको छ।
शुक्रबार शहरी विकास मन्त्रालय अन्तर्गतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले त्रिवि मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट र फ्लडलाइटका लागि टेण्डर आह्वान गरेको हो।
कार्यालयले फ्लड लाइट जडहनका लागि १ करोड ७३ लाख रुपैयाँ र प्यारापिट निर्माणका लागि १ करोड ६२ लाख रुपैयाँ वित्तीय ग्यारेन्टी तोकेको। दुवै परियोजनाका लागि टेण्डर भर्न २० हजार रुपैयाँ शुल्क तोकिएको छ।
इच्छुक कम्पनीले आगामी माघ ६ गतेसम्म आवेदन पेस गर्न सक्ने कार्यालयले जनाएको छ । टेण्डर सोही दिन साढे १ बजे खोलिनेछ।
कीर्तिपुरमा फ्लड लाइटका निम्ति बोलपत्र आह्वान भएको यो तेस्रो पटक हो । यसअघि दुईपटक टेन्डर आह्वान भए पनि ठेक्का रद्द भएको थियो ।
प्रतिक्रिया