पुस ३ गते बुधवार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

पुस ३ गते बुधवार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग

काठमाडौं ।२०८१ पुस ३ गते, बुधवार, १८ डिसेम्बर २०२४। पाैष कृष्णपक्ष तृतीया तिथि, १२ः०५ बजेपछि चतुर्थी। तिष्य नक्षत्र। चन्द्रराशि कर्कट।

आजको राशीफल

मेष : दिन सहज छ। दैनिक काम गर्नु अगाडि सूर्यको दर्शन आवश्यक देखिन्छ। स्वास्थ्यमा सुधार हुनेछ। राजनीतिक क्षेत्रमा नेतृत्वबाट त्रास बढ्नेछ। व्यापारको लगानी सफल बन्नेछ। परिवारसँगको सम्बन्ध सहज बन्ने योग छ।

वृष : दिन राम्रो छ। कला र गलाको प्रदर्शन गर्ने दिन छ। महत्त्वपूर्ण काम गरेर देखाउने समय आएको छ। व्यापारमा एकल निर्णय लिनुभन्दा सहकार्य गर्नु आवश्यक देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : तपाईंको राशिमा चन्द्रमा पुगेकाले दिन सहज छ। ज्ञानको दायरा फराकिलो बन्नेछ। भविष्यलाई सम्झिएर व्यवहार गर्नु आवश्यक देखिन्छ। व्यवहारको अप्ठेरोले तपाईं समस्यामा पर्ने योग छ। बोली र व्यवहारमा एकरुपता देखाउनुपर्ने आवश्यकता देखिन्छ।

कर्कट : शुभग्रहको बहुमत भएकाले अढैया शनिको दोष धेरै देखिँदैन। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारसँग घुमघाम गर्ने दिन छ। तीर्थको लागि समय तय हुनेछ।

सिंह : दिन राम्रो छ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। गुरुसँग सल्लाह लिएर अगाडि बढ्नुपर्ने देखिन्छ। अग्रजको सुझाव महत्तवपूर्ण बन्नेछ। स्वास्थ्यमा देखिएको समस्यामा सुधार हुनेछ।

कन्या : दिन राम्रो छ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। साथीसँग कुरा गर्दा गोपनीयता भंग हुने भएकाले सचेत बन्नुपर्नेछ। शिक्षाको क्षेत्रमा निरन्तर प्रयास गरेमा सफलता मिल्नेछ। स्वास्थ्यको क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ।

तुला : मुल त्रिकोणमा चन्द्रमा पुगेकाले शिक्षामा गरेको लगानी सफल बन्नेछ। आफूभन्दा ठुला मान्छे र गुरुबाट लिएको सल्लाह अनुसार गरेको काम सफल बन्नेछ। आज परिवारको भन्दा बाहिरका मान्छेको साथ र सहयोग मिल्नेछ। विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक : बिहान अप्ठेरो परिस्थिति बने पनि दिउँसोपछि सोचेको काम बन्नेछ। सञ्चित धन खर्च हुने भएकाले अनावश्यक खर्च कटौती गर्नु राम्रो हुनेछ। साथीभाइको सहयोग मिल्नेछ। सोचेको काम बन्नेछ। स्वास्थ्यमा सुधार हुने योग छ। परिवारभित्रबाट भने घाटाको जोखिम छ।

धनु : दिन राम्रो छ। थोरै लगानी गरेको भए पनि व्यापारमा फाइदा हुनेछ। विपक्षी भन्दै गरेका साथीहरुले तपाईंको पक्षमा काम गर्नेछन्। स्वास्थ्यको क्षेत्रमा गरेको लगानी सफल बन्नेछ। परिवारसँग बसेर रमाइलो घुमघाम हुनेछ।

मकर : शुभग्रहको बहुमत भएकाले साढेसाती दशाको असर नहुने योग छ। कार्यशैलीमा भने परिवर्तन आवश्यक छ। कृषि क्षेत्रमा घाटा हुनेछ। पशुजन्य व्यापारमा भए सचेत बन्नुपर्ने समय छ। संकटमा साथीको भने साथ मिल्नेछ।

कुम्भ : हरेक कुरामा झन्झट आइपर्नेछ। सानो विषयले धेरै दुःख दिने देखिन्छ। शनिदेव सकारात्मक भए तपाईंले सोचेका काम बन्नेछन्। बिहान उठेर शिवको भजन सुन्न सकेमा दिन सहज बन्नेछ। अप्ठेरो अवस्थामा परिवारको साथ मिल्नेछ।

मीन : सुरुवाती साढेसाती दशा चलिरहेको छ। व्यस्त दैनिकीले शारीरिक समस्या हुनसक्छ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या थप बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। गणेशको सम्झना गर्दै दिनको सुरुवात गरेमा काम बन्नेछ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Recent Comments

No comments to show.