काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको सीईओमा कमल गौतम नियुक्त भएका छन् । बुधबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले गौतमलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
गौतमले यसअघि एभरेष्ट इन्स्योरेन्सको व्यवस्थापकीय जिम्मेवारी समेत सम्हालेका थिए।
यसअघि इन्स्योरेन्सको सीईओ रहेका श्रवण रावलको कात्तिक ८ गते निधनपछि करिब डेढ महिनादेखि इन्स्योरेन्स नेतृत्वविहीन रहँदै आएको थियो ।
गौतमसँग इन्स्योरेन्स र बैंक तथा वित्तीय क्षेत्रमा तीन दशकभन्दा बढी काम गरेको अनुभव छ।
प्रतिक्रिया