विदेशी मुद्रा संचिति इतिहासकै धेरै, १५ महिनाको आयात धान्ने

विदेशी मुद्रा संचिति इतिहासकै धेरै, १५ महिनाको आयात धान्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विदेशी मुद्रा संचिति इतिहासकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन (४ महिनाको) अनुसार विदेशी मुद्रा संचिति २२ खर्ब ५५ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । यो हालसम्मकै धेरै हो ।

गत असार यता विदेशी मुद्रा संचिति ९.४ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । असार मसान्तसम्म राष्ट्रिय ढुकुटीमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ विदेशी मुद्रा संचिति थियो ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८४८ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ कात्तिक मसान्त आइपुग्दा ८.६ प्रतिशतले वृद्धि भई २० खर्ब ८ अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।

त्यस्तै, बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग कात्तिक मसान्तसम्म २ खर्ब ४७ अर्ब २० करोड रुपैयाँ रहेको छ । २०८१ असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा मुद्रा संचिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ कात्तिक मसान्तमा ९.४ प्रतिशतले वृद्धि भई १६ अर्ब ७० करोड पुगेको छ ।

आर्थिक वर्ष २०८१/८२ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ महिनाको वस्तु आयात र १५.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

Recent Comments

No comments to show.