भैरहवामा अन्तर्राष्ट्रिय उडान स्थगित गर्दै तीन विदेशी एयरलायन्स

भैरहवामा अन्तर्राष्ट्रिय उडान स्थगित गर्दै तीन विदेशी एयरलायन्स

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्दै तीन विदेशी एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने भएका छन् ।

जजिरा एयरवेज, फ्लाइ दुबई र थाइ एयर एसियाले बाक्लो हुस्सुसहितको खराब मौसमका कारण अवतरणमा कठिनाई भएको भन्दै उडान स्थगन गर्न लागेको नागरिक उड्डयन प्राधिकरणलाई जानकारी दिएका हुन् ।

गत कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि राति १० घण्टा बन्द गरिएपछि यी एयरलाइन्सले भैरहवामा नियमित उडान थालेका थिए । तर, अहिले मौसमको समस्या देखाउँदै भैरहवामा उडान बन्द गर्न लागेका हुन् ।

आजकाल हुस्सुका कारण भैरहवामा बिहान १ हजारदेखि १२०० मिटर हाराहारीमा भिजिबिलिटी हुने गरेको छ । यो भिजिबिलिटी जहाज अवतरण गर्न पर्याप्त हुँदैन । ठूला जहाज अवतरण गर्न कम्तीमा १८०० मिटर माथि भिजिबिलिटी आवश्यक पर्छ ।

भैरहवा विमानस्थलमा ‘रिक्वायर्ड नेभिगेसन पर्फर्मेन्स अथोराइजेसन रिक्वायर्ड’ (आरएनपीएआर) प्रणाली जडान नहुँदा न्यून भिजिबिलिटीमा उडान-अवतरण गर्न नसकिएको हो । आरएनपीएआर प्रणली जडान भएमा न्यूनतम ८०० मिटर भिजिबिलिटीमा पनि सजिलै उडान-अवतरण गर्न सक्छन् ।

प्राधिकरणले भने माघदेखि भैरहवामा आरएनपीएआर एप्रोच प्रणाली लागू गर्ने तयारी भएकाले उडानलाई निरन्तरता दिन आग्रह गरेको छ । यद्यपि, यी वायुसेवाले जवाफ दिएका छैनन् । यसै विषयमा आज एयरलाइन्सका अधिकारीहरूसँग छलफल समेत गर्दैछ ।

यसअघि कतार एयरवेजले भैरहवा उडान रोकेको थियो । हाल भैरहवामा जजिरा, फ्लाइ दुबई, थाइ एयर एशिया र नेपाल एयरलाइन्सले नियमित उडान गरिरहेका छन् ।

Recent Comments

No comments to show.