आज यी ४ प्रदेशको मौसम आंशिक बदली रहने

आज यी ४ प्रदेशको मौसम आंशिक बदली रहने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। यतिबेला (मंगलबार बिहान) कोसी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागको मौसम आंशिक बदली छ। 

देशका बाँकी भूभागमा मौसम मूख्यतया सफा छ। तराईका थोरै स्थानमा अहिले हल्का हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

आज दिउँसो पनि कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

आज राति पनि कोसी, गण्डकी र लुम्बिनि प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको बुलेटिनमा उल्लेख छ। 

कस्तो होला बुधबार र बिहीबारको मौसम? 

 २०८१ मंसिर १९ गते बुधबार

दिउँसोː कोसी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

रातिː मधेस प्रदेश लगायत कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

 २०८१ मंसिर २० गते बिहीबार

दिउँसोː कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

रातिː मधेस प्रदेश लगायत कोसी, गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 

कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले पर्यटन तथा पर्वतारोहणमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

Recent Comments

No comments to show.