काठमाडौंमा रविको बयान सकियो, मंगलबार पोखरा पठाइने

काठमाडौंमा रविको बयान सकियो, मंगलबार पोखरा पठाइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाइएका पूर्व गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ।

शुक्रबारदेखि शुरु भएको उनको बयान आज तेस्रो दिन सकिएको हो। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछानेलाई स्वर्णलक्ष्मीको रकम अपचलनबारे बयान लिन गएको बिहीबार काठमाडौं ल्याइएको थियो।

आज बयान सकिएसँगै लामिछानेलाई भोलि (मंगलबार) पोखरा पठाउने तयारी गरिएको छ।

लामिछानेलाई यसअघि बुटवलको सुप्रिम सहकारीको रकम अपचलनका विषयमा बयान लिन पोखराबाट रुपन्देही लगिएको थियो।

Recent Comments

No comments to show.