नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबारमा उछाल

नेप्सेमा दोहोरो अंकको वृद्धि, कारोबारमा उछाल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आइतबार १० अंकले घटेको नेप्से आज झण्डै २० अंकले बढेको हो ।

सोमबार नेप्से परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ बिन्दुमा पुगेको छ । यस दिन ३१४ कम्पनीको २ करोड ३० लाख ११ हजार ३६१ कित्ता सेयर किनबेच भएको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २ अर्ब ४६ करोड रुपैयाँले बढेर १० अर्ब ५४ करोड रुपैयाँ पुगेको छ ।

कारोबारमा आएका १३ वटा समूह मध्ये ९ समूहको परिसूचक बढेको छ भने ४ को घटेको छ । व्यापार समूहको परिसूचक सर्वाधिक ९.७० प्रतिशतले बढेको छ । त्यस्तै, होटल समूहको परिसूचक ४.९९ प्रतिशतले बढेको छ भने फाइनान्स समूह सर्वाधिक १.९७ प्रतिशतले घटेको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक ५९ करोड ४७ रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, ङादी ग्रुप पावरको ४८ करोड ८९ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १२६ कम्पनीको सेयर मूल्य बढेको छ भने १११ कम्पनीको मात्र मूल्य घटेको छ ।

बढ्दो बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । विशाल बजार, तारागाउँ रिजेन्सी, खानी खोला हाइड्रोपावर र जोशी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आज नेपाल फाइनान्सका सेयरधनीले सर्वाधिक ८.७२ प्रतिशत गुमाएका छन् ।

Recent Comments

No comments to show.