ताप्लेजुङको सिरिजंगा–३ मा एमालेकी साउदेन विजयी

ताप्लेजुङको सिरिजंगा–३ मा एमालेकी साउदेन विजयी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । ताप्लेजुङको सिरिजंगा गाउँपालिका-३ सिकैचाको वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेकपा एमालेकी कुमारी साउदेन विजयी भएकी छन्। उनले ३५३ मत प्राप्त गर्दै विजय हासिल गरिन्।

निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अम्बी साउदेनले २५१ मत प्राप्त गरे भने नेपाली कांग्रेसका भीम लक्सम्बा लिम्बूले २१८ मत ल्याए।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवीप्रसाद पौडेलले मात्र ७ मत प्राप्त गरे। कुल ८९२ मत खसेकोमा ९ मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
यसअघि, २०७९ सालको निर्वाचनमा यस वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको थियो। कुमारी साउदेन त्यस समय कांग्रेसका उम्मेदवार दिलप्रसाद बोखिमसँग ४ मतको अन्तरले पराजित भएकी थिइन्।
यसपटकको जितसँगै कुमारी साउदेन ताप्लेजुङ जिल्लाकी एकमात्र महिला वडाध्यक्ष बन्न सफल भएकी छन्। ६१ वडाहरू रहेको ताप्लेजुङमा महिला नेतृत्व हासिल गर्ने उनी एकमात्र महिला वडाध्यक्ष भएकी हुन्।

Recent Comments

No comments to show.