बाला चतुर्दशीको सम्पूर्ण तयारी पूरा

बाला चतुर्दशीको सम्पूर्ण तयारी पूरा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले बाला चतुर्दशीमा शतबीज छर्ने र बत्ती बाल्ने कार्यको सम्पूर्ण तयारी भएको जनाएको छ। कोषले काठमाडौं जिल्ला प्रशासन र महानगरपालिकासहितको सहयोगमा सबै तयारी पुरा भएको जनाएको हो। 

बत्ती बाल्न र शतबीज छर्नका लागि देशभरबाट श्रद्धालु काठमाडौं आउने क्रम सुरू भइसकेको छ। मार्गशीर्ष कृष्ण त्रयोदशी आज (शुक्रबार) पितृका नाममा बत्ती बाल्ने गरिन्छ। पशुपतिनाथमा पितृका नाममा बत्ती बालेर रातभर जाग्राम बस्ने चलन छ। शनिबार (चतुर्दशी) बिहान बागमतीमा सेलाएर स्नान गरी पाशुपत क्षेत्रमा शतबीज छर्ने परम्परा छ। यसरी बत्ती बालेर रातभर जाग्राम बसी शतबीज छर्दा पितृले सद्गति पाउने विश्वास छ।

मातापिता दिवंगत भएको एक वर्ष नपुगेकासहित वर्षदिन पुगिसकेकाले बत्ती बाल्ने शतबीज रोपण गर्ने चलन छ।  मातापिता दिवङ्गत भएको एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रूपमा दीपदान एवं शतबीजरोपण गर्न नहुने धार्मिक मान्यता छ।

सामान्यतया लगातार तीन वर्ष बत्ती बाल्ने र शतबीजरोपण गर्ने चलन छ। पहिलो वर्ष दियोमा, दोस्रो वर्ष मानामा बत्ती बाल्ने र तेस्रो वर्ष महादीप बालेर समापन गर्ने चलन चलेको देखिन्छ। १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ।

पितृका नाममा शतबीज छर्न पशुपतिनाथमा देशभरका श्रद्धालु काठमाडौं आएका छन्। आफ्नै आसपास रहेका शिवालयमा बत्ती बालेर बस्ने र शतबीज छर्ने चलन पनि छ।

बत्ती कुर्न बसेकाले गाउने बालन, भजन र दोहोरीले पशुपति आसपासका क्षेत्र गुञ्जायमान हुने गरेको छ। पशुपति क्षेत्र विकास कोषले बत्ती बाल्ने र शतबीज छर्ने कार्यका लागि तयारी पूरा भएको बताएको छ। काठमाडौं जिल्ला प्रशासन र महानगरपालिकालगायत अन्य संघसंस्थाको सहयोगमा श्रद्धालुलाई सहज बनाउने कोषले जनाएको छ। यो वर्ष शुक्रबार बत्ती बाल्नुपर्ने र शनिबार बिहान शतबीज छर्नुपर्ने पञ्चांगमा उल्लेख छ। 

Recent Comments

No comments to show.