चीन उड्नुअघि परराष्ट्रमन्त्रीले भनिन्- बीआरआई अनुदानमा हुन्छ

चीन उड्नुअघि परराष्ट्रमन्त्रीले भनिन्- बीआरआई अनुदानमा हुन्छ

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाले बीआरआई अनुदानमा हुने बताएकी छन् ।

बिहीबार चीन उड्नुअघि उनले यस्तो बताएकी हुन् । विमानस्थलमा पत्रकारहरूसँग उनले भनिन्, ‘बीआरआई अनुदानमा हुन्छ ।’

अगाडि उनले भनिन्, ‘बीआरआईबारे कांग्रेस र एमालेबीच मतभिन्नता रहेको भन्ने कुरा मिडियाले सिर्जना गर्‍यो । तर, त्यस्तो छैन । सरकारले एकरूपताका साथ काम गरिरहेको छ ।’

परराष्ट्रमन्त्री राणा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारीका लागि त्यसतर्फ प्रस्थान गरेकी हुन् । प्रधानमन्त्री ओलीले आगामी मंसिर १७ गतेबाट चीनको भ्रमण गर्दैछन् ।

Recent Comments

No comments to show.