काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली चितवन राइनोजले आफ्ना समर्थकका लागि निःशुल्क बस सेवा र खाजा उपलब्ध गराउने भएको छ ।
क्लबले चितवनवासी क्रिकेट समर्थकको सुविधाका निःशुलक बस र खाजा उपलब्ध गराउने भएको हो ।
क्लबका अनुसार चितवन मेडिकल कलेजदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र त्रिवि क्रिकेट मैदानदेखि चितवन मेडिकल कलेजसम्म दैनिक ५ वटा निःशुल्क बसको व्यवस्था गरिएको छ ।
यो सेवा खेल हेर्नका लागि टिकट लिएका समर्थकहरूले लिन सक्ने र सबैलाई खाजाको व्यवस्था पनि गरिने चितवनले जनाएको छ ।
एनपीएल यही मंसिर १५ गतेदेखि सुरु हुँदैछ । प्रतियोगितामा ८ टिमले प्रतिस्पर्धा गर्दै छन् ।
चितवन राइनोजले आफ्नो पहिलो खेलमा आउँदो सोमबार बिहान सवा ९ बजे काठमाडौं गुर्खाजसँग खेल्दैछ ।
प्रतिक्रिया