टिजरमा यस्तो देखियो सौगातको ‘बम बहादुर’

टिजरमा यस्तो देखियो सौगातको ‘बम बहादुर’

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अभिनेता सौगात मल्लको शीर्ष भूमिका रहेको फिल्म ‘बम बहादुर’ अब आगामी पुष ५ गतेबाट प्रदर्शनमा आउने भएको छ।

पुष १० गते परेको इसाई समुदायको मुख्य चाड क्रिसमस डेको विदालाई लक्षित गरेर फिल्मलाई प्रदर्शन गर्न लागिएको हो। नेपाल र भारतमा फिल्म एकसाथ रिलिज हुनेछ। यसअघि गत कात्तिक ३० गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरिएको थियो।

नयाँ प्रदर्शन मितिसँगै सोमबार टिजर पनि सार्वजनिक गरिएको छ, जसले फिल्मको कथासार बुझाउँछ। फिल्मले ‘गोर्खा ल्यान्ड’को विषयलाई मुख्य कथावस्तु बनाएको देखिन्छ। २०७४ सालमा ‘गोर्खा ल्यान्ड’को माग गर्दै भारतको दार्जिलिङमा ठूलो आन्दोलन भएको थियो। फिल्मले यही आन्दोलनको विषयलाई उठाएको टिजरले संकेत गर्छ।

फिल्मलाई जोन राईले निर्देशन गरेका हुन्। उनले दार्जिलिङ र डुअर्स क्षेत्रका नेपाली समुदायले भोगेको सङ्घर्षको इतिहासलाई डिजिटल दस्ताबेजका रूपमा प्रस्तुत गर्न फिल्म बनाएको बताएका छन्। यसमा मनोरञ्जनात्मकसहित सन्देशमूलक कथा रहेको उनको दाबी छ। फिल्मले दर्शकलाई सस्पेन्स, थ्रिल, रोमान्स र सोसल ड्रामाको अनुभव गराउने उनले बताए।

फिल्ममा सौगातसहित कलाकारहरू प्रशान्त राई, अनिशा रसाइली, भास्कर प्रधान, महेन्द्र बग्दास, मदन भुजेल, भरत वशिष्ठ, अजय प्रधान, शान्तिला तामाङ, रिया भुजेल, बाल कलाकार वशिस्ट कार्की, सुरेश पन्चकोटी लगायतको पनि अभिनय छ। सञ्जीव सार्की निर्माता रहेको फिल्ममा जोन राई र रुपेश तामाङको कथा र पटकथा छ भने सुजोय कुमार घोष ‘मुन्ना’ छायाँकार हुन्।

Recent Comments

No comments to show.