स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्ट्याण्डर्ड चार्टड बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

बैंकले साधरण सभा तथा लाभांश प्रयोजनका लागि भोलि (मंसिर १२ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

बैंकले गत वर्षको नाफाबाट करसहित ६.५ प्रतिशत बोनस सेयर र करसहित १९ प्रतिशत नगद लाभांश गरी कुल २५.५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न बैंकले मंसिर २५ गते ३८ औं वार्षिक साधरण सभा बोलाएको छ । बैंकको सभा आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ९ बजे सुरु हुनेछ ।

Recent Comments

No comments to show.