गार्डियन माइक्रो लाइफले पायो आइपीओ जारी गर्न अनुमति

गार्डियन माइक्रो लाइफले पायो आइपीओ जारी गर्न अनुमति

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई आइपीओ जारी गर्न मंसिर ७ गते अनुमति दिएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न अनुमति पाएको हो ।

कम्पनीले अब पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपाली र दोस्रो चरणमा सर्वसाधरणलाई आइपीओ जारी गर्नेछ ।

कम्पनीको सेयर बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ । हाल ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको आइपीओपछि ७५ करोड रुपैयाँ पुग्नेछ ।

Recent Comments

No comments to show.