सैनामैनामा डिशहोमको नयाँ सेवा केन्द्र संचालनमा

सैनामैनामा डिशहोमको नयाँ सेवा केन्द्र संचालनमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिकाको मुर्गियामा डिशहोमको इन्टरनेटको नयाँ सेवा केन्द्र संचालनमा आएको छ ।

सैनामैनाका नगर प्रमुख फणेन्द्रप्रसाद शर्माले उक्त सेवा केन्द्रकाे उद्घाटन गरेका हुन् ।

उक्त सेवा केन्द्रले सैनामैना नगरपालिकाका ग्राहकहरूलाई डिशहोमका विविध सेवाहरू उपलब्ध गराउनेछ। ग्राहकहरूले यहाँबाट इन्टरनेटको नयाँ जडान, रिचार्ज, र टीभी जडान तथा रिचार्ज सेवा बुक गर्न सक्नेछन् ।

यस सेवा केन्द्रमार्फत अब सैनामैना क्षेत्रका स्थानीयको आवश्यकता समाधान गर्न र गुणस्तरीय सेवा सुविधाहरू थप प्रभावकारी रूपमा प्रदान गर्न सहयोग गरिनेछ ।

डिशहोमको यो नयाँ शाखाले सैनामैनाका नागरिकहरूलाई डिजिटल सेवासम्बन्धी सहज पहुँच पुर्‍याउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

Recent Comments

No comments to show.