सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आइतबार घटेको सुनको मूल्य आज (सोमबार) थोरै बढेको छ। 

आज सुनको मूल्य तोलामा एकसय रुपैयाँ बढेर एक लाख ६० हजार एकसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुनको मूल्य एक लाख ६० हजार रुपैयाँ थियो। 

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो।

त्यसयताका दुई सातामा सुनको मूल्य ११ हजार रुपैयाँ घटिसकेको छ।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ रुपैयाँले बढेको छ। हिजो मूल्य घटेर एक हजार नौसय पाँच रुपैयाँमा झरेको चाँदी आज एक हजार नौसय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

Recent Comments

No comments to show.