मंसिर ३ गते सोमबार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

मंसिर ३ गते सोमबार,यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

आजको पञ्चाङ्ग 

काठमाडौं । २०८१ मंसिर ३ गते, साेमवार, १८ नाेभेम्बर २०२४। मार्ग कृष्णपक्ष तृतीया तिथि। मृगशिरा नक्षत्र। चन्द्रराशि वृष, ७ः५५ बजेपछि मिथुन।

आजको राशिफल

मेष : दिन सामान्य छ। निर्णय क्षमता कमजोर बन्नेछ। साना कुराले सञ्चलता बढ्नेछ। वैदेशिक रोजगारीको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने देखिन्छ।

वृष : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सुरक्षा गर्नुपर्नेछ। स्वास्थले साथ दिनेछ। मन शान्त बन्ने दिन छ। राज्यको निगरानीमा रहेकाले सचेत बन्नु राम्रो हुनेछ। छिमेकमा भएको शुभकार्यमा सहभागी भएर लाभ लिन सकिने छ।

मिथुन : बोलीका प्रभावले राम्रो काम बन्नेछ। उचित ठाउँमा लगानी हुँदा सन्तुष्टि मिल्नेछ। सामाजिक कार्यमा तपाईंको काममा असन्तुष्टि आउनसक्छ। परिवारसँगै बस्ने दिन छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : साना कुराले झन्झट बढ्नेछ। थोरै बोलेर जित्नुपर्ने समय छ। स्वास्थ्यमा सुधार हुनेछ। उत्तरको लामो यात्रा नगर्नु राम्रो हुनेछ। तपाईंको बोलीका कारण साथीभाइ असन्तुष्ट हुनेछन्। थोरै बोलेर जित्नुपर्ने दिन छ।

सिंह : दिन सहज छ। आज गरेका निर्णयले लामो समयसम्म असर गर्नेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा सुख र शान्ति मिल्नेछ। सामाजिक सेवाको अवसर प्राप्त हुनेछ।

कन्या : दिन राम्रो छ। आफन्तको साथ मिल्नेछ। स्वदेशमा भन्दा वैदेशिक रमझमले मन तान्नेछ। विदेशमा गरेको लगानी सफल बन्नेछ। खानपानमा ख्याल नगरेमा पुरानो रोगले दुःख दिने देखिन्छ। व्यापारमा थोरै लगानीबाट पनि राम्रो आम्दानी हुनेछ।

तुला : धार्मिक क्षेत्रमा तपाईंको झुकाब बढ्नेछ। मनको खटपटी हट्नेछ। संयुक्त लगानीबाट फाइदा हुनेछ। पठनपाठनमा ढिलासुस्ती हुने देखिन्छ। परिवारको व्यवस्थापन गर्न नसक्दा खटपटी बढ्नेछ।

वृश्चिक : दिन सहज छ। दैनिक काम अगाडि बढ्नेछन्। राजनीतिक क्षेत्रमा गलत साथीसँगको संगतले काममा झन्झट आइपर्न सक्छ। खानपानमा ख्याल नगर्दा पुरानो रोगले सताउने जोखिम छ।

धनु : मन प्रशन्न हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। रोगबाट मुक्त हुने योग छ। परिवारले साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। घुमघामका लागि तपाईंको प्रस्ताव स्वीकृत हुनेछ।

मकर : सञ्चित धन खर्च हुनसक्छ। दाजुभाइको साथ लिएर अगाडि बढेमा सफलता मिल्नेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परीक्षाको पर्खाइ भए राम्रो नतिजा प्राप्त हुनेछ। आफ्ना साथी विपक्षीको कित्तामा उभिएकाले सचेत बन्नुपर्ने देखिन्छ।

कुम्भ : शुभग्रहको बहुमत छ। शिक्षासँगै धार्मिक कुरामा चासो बढ्नेछ। तपाईंले सुरु गरेको काम सफल बन्नेछ। राजनीतिक संगठनबाट भने भयको जोखिम छ। साथीलाई कम विश्वास गरेर परिवारको सल्लाहमा अगाडि बढेमा फाइदा हुनेछ।

मीन : धार्मिक कुराले मन अशान्त बनाउने छ। धार्मिक र राजनीतिक क्षेत्रमा झुकाब बढ्नेछ। पश्चिमको लामो यात्रामा नजानु राम्रो हुनेछ। मनको कुरा सबै सार्वजनिक गर्दा घाटा हुने भएकाले बोल्नु अगाडि सोच्नुपर्ने दिन छ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

Recent Comments

No comments to show.