काठमाडौंमा वायु प्रदूषण बढ्यो, प्रदूषित शहरको ७ औं सूचीमा

काठमाडौंमा वायु प्रदूषण बढ्यो, प्रदूषित शहरको ७ औं सूचीमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । काठमाडौंको वायु प्रदूषण स्तर दैनिक अस्वस्थ बन्दै गइरहेको छ। वायु गुणस्तरको सूचकांकमा काठमाडौं विश्वको प्रदुषित शहरको ७ औं सूचीमा परेको छ। 

काठमाडौंको एक्यूआई (वायुको गुणस्तर सूचांक) १७० रहेको एअर क्वालिटी इन्डेक्सले देखाएको छ। आइक्यूएअरका अनुसार दक्षिण एसियाका अन्य शहरमा पनि उच्च प्रदुषण देखिएको छ। 

पाकिस्तानको लाहोर भारतको राजधानी समेत रहेको दिल्ली अनि बङ्लादेशको ढाका क्रमश: ७१८, ६४९ र २२९ एक्यूआईका साथ पहिलो, दोश्रो र तेस्रो स्थानमा छन्। भारतको कोलकत्ता पनि १७७ अंकका साथ चौथोमा छ । 

चीनको वुहान १७२ एक्यूआईका साथ पाँचौमा छ । इन्डोनिशियाको जर्काता छैठौंमा छ भने पाकिस्तानको अर्को शहर कराची आठौं, भियतनामको हनोई नवौं र भारतको मुम्बई दशौँमा छन्। लामो समयदेखि पानी नपर्दा काठमाडौंको वायु प्रदूषण खस्कदै गएको हो।

विश्व स्वास्थ्य संगठनका अनुसार वायु प्रदूषण घरेलु इन्धन (दाउरा) जलाउँदा, औद्योगिक चिम्नी, गाडीबाट निस्कने धुँवा, फोहोर खुला जलाउनेलगायत कारणले बढ्छ। दुषित हावको सम्पर्कमा आउँदा मुटु र श्वासप्रश्वास प्रणाली दुवैमा समस्या देखिन सक्छ। 

Recent Comments

No comments to show.