थापाथलीमा सीजी मोटर्सको एक्सपेंगको फ्ल्यागशिप शोरूम खुल्यो

थापाथलीमा सीजी मोटर्सको एक्सपेंगको फ्ल्यागशिप शोरूम खुल्यो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ ।अटोमोबाइल ब्रान्ड एक्सपेंगको आधिकारिक विक्रेता सीजी मोटर्सले काठमाडौंको थापाथलीमा आफ्नो फ्ल्यागशिप शोरूमको औपचारिक रूपमा उ‌द्घाटन गरेको छ।

शनिबार थापाथलीमा भएको एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले अत्याधुनिक सुबिधासम्पन्न शोरुमको उदघाटन गरेको हो। कार्यक्रममा जी६ इलेक्ट्रिक एसयूभीको सफलतापूर्वक लञ्च गरेको हो। कार्यक्रममा चिनियाँ दूतावासका प्रतिनिधिहरू तथा एक्सपेंगका विशिष्ट अतिथिहरूको सम्मानजनक उपस्थिति रहेको थियो।

एक्सपेंग मोटर्सका उपाध्यक्ष, डा ब्रायन गू ले उद्‌घाटन कार्यक्रममा एक्सपेंग ब्रान्डको जानकारी मिडियालाई प्रस्तुत गरे। चौधरी ग्रुपका प्रबन्ध निर्देशक श्री निर्वाण चौधरीले सीजी मोटर्सका उपलब्धिहरू र आगामी योजनाबारे चर्चा पनि गरे।

यो फ्ल्यागशिप शोरूमको उ‌द्घाटन र जी६ “Ultra Smart Coupe SUV” मोडलको लञ्च सँगै एक्सपेंगले”Leading the Future of Al Mobility ब्रान्ड भिजन राखेको छ। ह्उभलन ले अत्याधुनिक AI-संयुक्त गाडीहरू विश्वभरि ल्याइसकेको छ र यो अब ३० भन्दा बढी देशहरूमा उपस्थित भइसकेको छ। यसका साथै विश्व अटोमोटिभ क्षेत्रमा अग्रणी ुफोल्क्सवागन ग्रुप ले एक्सपेंगको ईभी प्रविधि र एआई प्लेटफर्मको पहुँच पाउन ठूलो हिस्सामा लगानी गरेको छ।

उ‌द्घाटन कार्यक्रममा सीजीएमले पहिलो चराणका ग्राहकहरूलाई २५ वटा जी६ गाडीहरू हस्तान्तरण पनि गरेको छ।

जी६ मोडललाई विश्वको सबैभन्दा सख्त सुरक्षा परीक्षण E-Ncap मा ५ स्टार रेटिंग प्राप्त छ। यसका साथै एक्सपेंग जी६ मा स्वचालित ड्राइभिङ प्रविधि, SEPA 2.0, OTA अपडेट, XOS ह्इक् अपरेटिङ सिस्टम, र ८००४ सुपर-फास्ट चार्जिङ प्रणाली समावेश छ। यसको मोटर पावर र टर्क क्रमशः १९० किलोवाट र ४४० एनएम रहेका छन्, जसमा ६६ किलोवाट हावरको ब्याट्री प्याक छ जसले ४३५ किलोमिटरको रेन्ज दिन्छ। 

थप विशेषताहरूमा स्पोर्टी प्रदर्शनका लागि अगाडि र पछाडिको ५०:५० लोड रेशियो, एल्युमिनियम डाई(कास्ट बनावट, र९-डायमेंशन व्याट्री सुरक्षा समावेश छ, जसले जी६लाई विशेष बनाउँछ।

Recent Comments

No comments to show.