एप्पललाई उछिन्दै एनभिडिया विश्वको दोस्रो बहुमूल्य कम्पनी

एप्पललाई उछिन्दै एनभिडिया विश्वको दोस्रो बहुमूल्य कम्पनी

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी बहुराष्ट्रिय टेक्नोलोजी कम्पनी एनभिडिया पूँजीकरणका आधारमा विश्वकै ठूलो कम्पनी बनेको छ । एनभिडियाले एप्पललाई उछिन्दै कुल बजार पूँजीकरणका आधारमा विश्वकै ठूलो कम्पनी बनेको हो ।

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भएसँगै एनभिडियाको सेयर मूलयमा उछाल आएको छ । बिहीबार एनभिडियाको सेयर मूल्य २.२४ प्रतिशतले बढेर प्रतिकित्ता १४८.८८ डलर पुगेको छ । यो हालसम्मकै उच्च हो । यससँगै कम्पनीको बजार पूँजीरकण ३.६५ ट्रिलियन डलर पुगेको छ । यो विश्वका कुनै पनि कम्पनीको हालसम्मकै धेरै हो ।

दोस्रो स्थानमा झरेको एप्पलको बजार पूँजीकरण ३.४४  ट्रिलियन डलर रहेको छ । बिहीबार एप्पलको सेयर मूल्य २.१ प्रतिशत बढेर पूँजीकरण ३.४४ ट्रिलियन पुगेको हो । यसअघि गत अक्टोबर २१ मा एप्पलको बजार पूँजीकरण त्यसबेला सम्मकै उच्च अर्थात् ३.५७ ट्रिलियन डलर पुगेको थियो।

ट्रम्प सत्तामा आएसँगै कर कटौती तथा न्यून नियमनको सम्भावनाले गर्दा लगानीकर्ताहरू आइटी कम्पनीप्रति थप आकर्षित भएको बताइएको छ ।

सन् २०२३ को मेमा एनभिडियाको पूँजीकरण एक ट्रिलियन अमेरिकी डलर पुगेको थियो । गत फेब्रुअरीमा अल्फाबेट र अमेजनलाई पछि पार्दै यसको बजार मूल्य २ ट्रिलियन पुगेको थियो ।

एनभिडिया एक टेक्नोलोजी कम्पनी हो । यसले सेमीकन्डक्टर चिप तथा सफ्टवेयर निर्माण गर्दछ । पछिल्लो समय आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को विकास बढ्दै जाँदा एनभिडियाको फ्ल्यागसिप एच १०० चिपको माग बजारमा उच्च छ । जसकारण कम्पनीको सेयर मूल्यले दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ । एआई चिपको बजारमा एनभिडियाको हिस्सा ७० देखि ९५ प्रतिशतको बीचमा रहेको छ ।

Recent Comments

No comments to show.