अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमईलाई

अन्तर बैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमईलाई

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बुटवलमा सम्पन्न प्रथम अन्तरबैंक फुटसल प्रतियोगिताको उपाधि ग्लोबल आइएमई बैंकले जितेको छ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ सिद्धार्थनगर समितिले आयोजना गरेको अन्तर बैंक फुटसल प्रतियोगितामा एनएमबि बैंकलाई ६–० गोल अन्तरले पराजित गर्दै ग्लोबल आइएमई बैंक विजयी भएको हो।

विजयी हुँदै ग्लोबल आइएमईले ५०  हजार नगदसहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको एनएमबि बैंकले २५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। 

२९ टिमबिच भएको तीनदिने प्रतियोगिताको अन्तिम दिन आज १६ टिमबिच क्वाटर, सेमी र फाइनल खेल भएको थियो।

यस्तै, प्रतियोगितामा ग्लोबल आइएमई बैंकका बमबहादुर भुजेल सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए भने ग्लोबल आइएमई बैंककै दुर्गा ओली १८ गोल गर्दै सर्वाधिक गोलकर्ता बने।

यस्तै, सर्वोत्कृष्ट गोल किपरमा ग्लोबल आइएमई बैंकका हुपेन्द्र चौधरी र उत्कृष्ट खेलाडीमा ग्लोबल आइएमई बैंकका दुर्गा ओली बन्न सफल भएको आयोजकले जानकारी दिएको छ।

नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक बिज्ञानराज सुवेदीको प्रमुख आतिथ्यमा समापन कार्यक्रमको आयोजना गरिएको थियो। 

उपाधि विजेता, उप-विजेता तथा खेलाडीहरूलाई नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका निर्देशक बिज्ञानराज सुवेदी, आयोजक संस्था नेपाल राष्ट्र बैंक कर्मचारी युनियनका अध्यक्ष पदमराज भुसाल लगायतले पुरस्कार प्रदान गरेका थिए।

खेलको उद्घाटन लुम्बिनी सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालले गरेका थिए।

प्रतियोगिताको मुख्य प्रायोजकमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, सह-प्रायोजकमा ग्लोबल आइएमई बैंक तथा मिडिया पार्टनरमा बुद्ध टेलिभिजन रहेका थिए।

Recent Comments

No comments to show.