टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भयो

टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भयो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सामाजिक सञ्जाल टिकटक नेपालमा आधिकारिक रूपमा दर्ता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टिकटक नेपालमा दर्ता भएको जानकारी दिएको हो ।

टिकटक सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिका बमोजिम दर्ता भएको हो । नेपाल सरकारले तोकेका मापदण्ड र शर्तहरू पूरा गरेर टिकटक दर्ता भएको मन्त्रालयले जनाएको छ ।

टिकटकले नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने सामग्रीहरूमा सहयोग गर्ने, डिजिटल साक्षरताका विषयमा सहयोग गर्ने लगायतका नेपाल सरकारले तोकेका सर्तहरू पनि पूरा गर्ने जनाएको छ।

तत्कालीन सरकारले २०८० कात्तिक २७ मा नेपालमा टिकटक बन्द गरेको थियो । त्यसको व्यापक आलोचना भएपछि सरकारले १० महिनापछि २०८१ भदौ ६ गते प्रतिबन्ध हटाएको थियो ।

नेपालमा आधिकारिक रूपमा दर्ता भएसँगै सरकारले टिकटकबाट पनि राजस्व उठाउने बाटो खुलेको छ । साथै, नियमन गर्न पनि सहज हुने मन्त्रालयको भनाइ छ ।

नेपालमा टिकटकको सिंगापुरस्थितको कार्यालयले हेर्नेछ ।

Recent Comments

No comments to show.